बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

कोहलपुर, बाँके। ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा ‘साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ। ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११ को आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा पुस्तकालयलाई केवल पुस्तक भण्डारण गर्ने स्थान नभई ज्ञान, बहस र वैचारिक संवादको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमको अध्यक्षता ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि वरिष्ठ राजनीतिक विश्लेषक, साहित्यकार तथा लेखक नरेन्द्र जंग पिटर रहनुभएको थियो। कार्यक्रममा प्रा.डा. जनार्दन आचार्य, डा. पुष्कर रिजाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र डा. हरिप्रसाद तिमिल्सिना, बाँसगढी सामुदायिक पुस्तकालयका अध्यक्ष बलराम भुजेल, त्रिभुवन सामुदायिक पुस्तकालयका अध्यक्ष यज्ञबहादुर वली, साहित्यकार सागर गैरे, शेखर दहितलगायतको सहभागिता रहेको थियो।
प्रमुख अतिथि पिटरले सूचना र ज्ञान प्राप्तिका माध्यम परिवर्तन भइरहेका वर्तमान समयमा पुस्तकालयहरूका सामु पठन संस्कृतिको विकास चुनौतीपूर्ण बनेको उल्लेख गर्दै पुस्तकालयले नागरिकमा जिज्ञासा, प्रश्न गर्ने संस्कार र ज्ञानप्रतिको उत्कट चाहना जगाउनुपर्ने बताउनुभयो। उहाँले पुस्तकालयलाई ज्ञान, बहस र वैचारिक संवादको केन्द्रका रूपमा संस्थागत विकास गर्नुपर्नेमा जोड दिँदै ज्ञान र सत्ताबीचको संघर्षमा पुस्तकालय पनि महत्त्वपूर्ण ‘ज्ञान–युद्धस्थल’ भएको धारणा व्यक्त गर्नुभयो। साथै, वी.पी. कोइरालाको साहित्यमा देखिने अराजकतावादी विमर्श र नेपाली साहित्यमा उहाँको योगदानबारे पनि चर्चा गर्नुभयो।
कार्यक्रममा प्राध्यापक डा. खोपिराम वलीले ‘वी.पी. कोइरालाको साहित्यिक योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वी.पी.का कृतिहरूमा प्रगतिशील चेतनाले विशेष स्थान पाएको उल्लेख गर्नुभयो। उहाँले तीन घुम्ती उपन्यासकी पात्र इन्द्रमायालाई त्यसको सशक्त उदाहरणका रूपमा प्रस्तुत गर्दै वी.पी.लाई नेपाली साहित्यमा नवीन प्रयोग गर्ने महान् साहित्यकारका रूपमा मूल्याङ्कन गर्नुभयो।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले ज्ञानलाई प्रत्येक व्यक्ति र समुदायसम्म पुर्‍याउने सबैभन्दा प्रभावकारी माध्यम पुस्तकालय भएको बताउनुभयो। साहित्यिक कृति, दस्तावेज र बौद्धिक सम्पदाको दीर्घकालीन संरक्षणमा पुस्तकालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै साहित्य र पुस्तकालयबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, प्राज्ञ सदस्य डा. हरिप्रसाद तिमिल्सिनाले वी.पी. कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँ राजनीतिक परिवर्तनका संवाहक, इमान्दारिताका प्रतीक तथा मनोवैज्ञानिक गहिराइका सशक्त आख्यानकार रहेको बताउनुभयो। वी.पी.का कृतिहरूमा स्वतन्त्रताप्रेमी पात्रहरूको चयनमार्फत प्रगतिशील चेतनालाई प्राथमिकता दिइएको उल्लेख गर्दै साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको प्रारम्भमा अध्यक्ष एकराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र वी.पी. कोइरालाको साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो। समापनका क्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले धन्यवाद ज्ञापन गर्दै नेपाली राजनीति र साहित्य दुवै क्षेत्रमा वी.पी. कोइरालाले पुर्‍याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभयो।
कार्यक्रममा भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेत, साहित्यकार सागर गैरे, शेखर दहित, हरी सुवेदी, पत्रकार जे. पाण्डेलगायतले पनि विषय केन्द्रित धारणा राखेका थिए। सहभागी वक्ताहरूले बदलिँदो सूचना–प्रविधिको युगमा पनि पुस्तकालयलाई ज्ञान उत्पादन, संरक्षण र प्रसारको आधार तथा समाजको बौद्धिक, सांस्कृतिक र लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा थप सुदृढ बनाउनुपर्ने साझा निष्कर्ष व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय