बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

कोहलपुर, बाँके । बाँकेको कोहलपुर नगरपालिकामा मदिरा सेवनपछि भएको दाजुभाइबीचको विवादले दुःखद रूप लिँदा एक जनाको ज्यान गएको छ। आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–४ गोहवाका २० वर्षीय विनोद चौधरी रहेका छन्। उनीमाथि आफ्नै २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार साँझ करिब ७ बजे मदिरा सेवनपछि सामान्य विषयमा दाजुभाइबीच विवाद भएको थियो। विवाद चर्किएपछि मनोज भाइलाई कुट्न अघि बढेका थिए। त्यसक्रममा विनोदले ठूलो ढुङ्गाले मनोजको टाउकोमा प्रहार गरेका थिए।
प्रहरीका अनुसार ढुङ्गाको प्रहारपछि मनोज सिक्टा सिँचाइ नहरमा खसेका थिए। स्थानीयबाट सूचना प्राप्त हुनासाथ प्रहरी बिट मदनचोक र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले नहरबाट उनको शव निकालेको थियो।
घटनापछि विनोदले आफूले लगाएको कपडा परिवर्तन गरी फरार हुने प्रयास गरेका थिए। तर प्रहरीले तत्काल खोजी गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय