बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

कोहलपुर, असार १६ । राप्ती सोनारी गाउँपालिकामा आजदेखि भूमि प्रशासन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुरको समन्वयमा कार्यालय सञ्चालनमा ल्याइएको हो।
कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सोनारी गाउँपालिका–९ निवासी रोशन कुमार वली लाई जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको थियो।
कार्यालय सञ्चालनसँगै अब राप्ती सोनारी गाउँपालिकाका सेवाग्राहीले जग्गा दर्ता, नामसारी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन्। यसबाट सेवाग्राहीको समय, खर्च तथा अनावश्यक झन्झटमा कमी आउने अपेक्षा गरिएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, भूमि प्रशासन कार्यालय कोहलपुरका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालन स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले अब सामान्य भूमि सम्बन्धी सेवाका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै स्थानीय तहमै छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने गाउँपालिकाको प्रतिबद्धता दोहोर्याउनुभयो।
उहाँले भन्नुभयो, “भूमि प्रशासन कार्यालयको स्थापना राप्ती सोनारीवासीका लागि ऐतिहासिक उपलब्धि हो। अब नागरिकले सामान्य भूमि सम्बन्धी सेवाका लागि टाढा धाउनुपर्ने अवस्था रहने छैन। स्थानीय तहमै सहज, छिटोछरितो र पारदर्शी सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो।”

कार्यक्रममा सहभागीहरूले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु नागरिकमैत्री शासन, प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदम भएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय