मंगलबार 15 सेप्टेम्बर, 2026 | Tue, 15 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

प्रश्न: नेपाली कम्युनिष्ट पार्टी बाँकेले २०८३ असार २५ गते आयोजना गर्न लागेको ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’लाई कुन रूपमा लिनुभएको छ?
दीपक जि.एम.: यो केवल एउटा औपचारिक बैठक होइन, पार्टीलाई वैचारिक, संगठनात्मक र राजनीतिक रूपमा थप सुदृढ बनाउने अभियान हो। वर्तमान राष्ट्रिय परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई बलियो, अनुशासित र जनउत्तरदायी बनाउने आवश्यकताबाट यो कार्यक्रम आयोजना गरिएको हो। यसले पार्टीभित्र नयाँ ऊर्जा, स्पष्ट कार्यदिशा र एकताको सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं।
प्रश्न: तयारीको अवस्था कस्तो छ? कार्यक्रम सफल बनाउन कस्ता गृहकार्य भएका छन्?
दीपक जि.एम.: तयारी अन्तिम चरणमा पुगेको छ। उपलब्ध केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला कमिटी तथा पालिका तहका जिम्मेवार कमरेडहरूसँग निरन्तर समन्वय भइरहेको छ। व्यवस्थापन, प्रतिनिधि परिचालन, प्रशिक्षण सामग्री र कार्यक्रम सञ्चालनका सबै पक्ष व्यवस्थित रूपमा अघि बढिरहेका छन्। कार्यक्रम भव्य र उपलब्धिमूलक हुनेमा हामी विश्वस्त छौं।
प्रश्न: प्रशिक्षण कार्यक्रममा मुख्य रूपमा कुन विषयमा केन्द्रित हुने योजना छ?
दीपक जि.एम.: प्रशिक्षणमा पार्टीको वैचारिक दृष्टिकोण, वर्तमान राष्ट्रिय राजनीतिक अवस्था, संगठन निर्माण, जनपरिचालन, अनुशासन, नेतृत्व विकास र जनताका मुद्दामा प्रभावकारी हस्तक्षेप गर्ने कार्यशैलीबारे छलफल र प्रशिक्षण हुनेछ। कार्यकर्तालाई समयको आवश्यकता अनुसार सक्षम, जिम्मेवार र जनमुखी बनाउने उद्देश्य रहेको छ।
प्रश्न: ‘एकता बैठक’ले बाँकेको संगठनमा कस्तो सन्देश दिने अपेक्षा गर्नुभएको छ?
दीपक जि.एम.: हाम्रो स्पष्ट विश्वास छ—एकताले नै संगठनलाई बलियो बनाउँछ। विचार, संगठन र व्यवहारमा एकरूपता कायम गर्दै जनताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतालाई यो बैठकले थप मजबुत बनाउनेछ। यसले बाँकेमा पार्टीलाई अझ प्रभावकारी र गतिशील बनाउने आधार तयार गर्नेछ।
प्रश्न: वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता कत्तिको देख्नुहुन्छ?
दीपक जि.एम.: आज देशले राजनीतिक स्थिरता, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायको अपेक्षा गरेको छ। यी उद्देश्य पूरा गर्न विचार मिल्ने कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूबीच संवाद, सहकार्य र एकता आवश्यक छ। विभाजनभन्दा सहकार्यले मात्रै जनताको विश्वास अझ मजबुत बनाउन सक्छ भन्ने हाम्रो धारणा हो।
प्रश्न: अन्त्यमा, असार २५ गतेको कार्यक्रमका सन्दर्भमा तपाईंको सन्देश के छ?
दीपक जि.एम.: जिल्ला समितिको बैठकमा बाके जिल्लाका नेता र जिल्ला सदस्यहरु कार्यक्रममा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु। एकता, अनुशासन, जनउत्तरदायित्व र राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्नु नै आजको आवश्यकता हो। यही भावनाका साथ कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाऔँ भन्ने आग्रह गर्दछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय