मंगलबार 15 सेप्टेम्बर, 2026 | Tue, 15 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

काेहलपुर,बाँके: ​बाँके जिल्लाका ८ स्थानीय तहहरूमध्ये कार्यसम्पादन मूल्याङ्कनमा खजुरा गाउँपालिका ७१.९९ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै पहिलो बन्न सफल भएको छ। स्थानीय सरकारले गर्ने सेवा प्रवाह, वित्तीय सुशासन र योजना कार्यान्वयनका विभिन्न सूचकहरूमा खजुराले अन्य सात पालिकालाई पछि पार्दै आफूलाई अब्बल सावित गरेको हो।

खजुराको यो ऐतिहासिक सफलतालाई पालिकाको राजनीतिक र प्रशासनिक नेतृत्वले ‘सामूहिक प्रयास र इमान्दारिता’ को परिणामको रूपमा व्याख्या गरेका छन ।

“सुशासन र विकासको एजेण्डा सफल”

गाँउपालिका ​अध्यक्ष डम्बर बहादुर विकले यस उपलब्धिलाई खजुरावासीको जीतका रूपमा चित्रण गरेका छन । उनले भने, “हामीले निर्वाचनका बेला गरेका प्रतिबद्धता र जनतालाई केन्द्रमा राखेर गरिएका कामहरूको प्रतिफल आज देखिएको छ। जिल्लामै पहिलो हुनुले हामीलाई थप जिम्मेवार बनाएको छ।”

त्यस्तै, उपाध्यक्ष मन्जु मल्लले योजनाहरूको प्रभावकारी अनुगमन र लक्षित वर्गको कार्यक्रममा पारदर्शीता अपनाइएकाले यो सफलता सम्भव भएको बताईन । “हामीले विकास निर्माणमा गुणस्तर र बजेटको सही सदुपयोगमा कुनै सम्झौता गरेनौँ, त्यसैको नतिजा आज स्कोरमा देखिएको हो,” उनले भनिन ।

​प्रशासनिक तर्फबाट नेतृत्व गरिरहेका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले कर्मचारीहरूको मेहेनत र राजनीतिक नेतृत्वसँगको उत्कृष्ट समन्वयलाई श्रेय दिए । उनले भने, “प्रशासनिक सुशासन र समयमै काम सम्पन्न गर्ने कार्यसंस्कृतिको विकासले खजुरालाई यो उचाइमा पुर्‍याएको हो।”

यस्तै, वरिष्ठ लेखा अधिकृतले वित्तीय अनुशासनका बारेमा बोल्दै भने, “हामीले बेरुजु न्यूनीकरण र बजेटको मितव्ययी प्रयोगमा शून्य सहनशीलता अपनाएका थियौँ। आर्थिक पारदर्शिता नै हाम्रो सफलताको मुख्य कडी हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय