मंगलबार 15 सेप्टेम्बर, 2026 | Tue, 15 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

बाँके : बाँके क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यद्यपि नेपाली कम्युनिस्ट पार्टीले पनि आफ्नो उपस्थिति देखाउने आङ्कलन गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर, मुख्य गरी काँग्रेसका अमर सिंह पुन, एमालेका सुमन मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार र नेपाली कम्युनिस्ट पार्टीका दिपक जिएमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७९ मा यस क्षेत्रबाट काँग्रेसका निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौरले जित हासिल गरेका थिए । एमाले यहाँ उपविजेता बनेको थियो । क्षेत्र नम्बर ३ मा काँग्रेस जित जोगाउने कोसिसमा रहँदा एमाले पुरानो विरासत फर्काउन प्रयत्नरत छ । नयाँ शक्तिको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी जितको खोजीमा छ ।

नेपाली कम्युनिस्ट पार्टीले पनि २०६४ सालमा तत्कालीन माओवादी रहँदा हासिल गरेका जित फर्काउन चाहन्छ । तर, यो क्षेत्रमा मुख्य गरी त्रिपक्षीय भिडन्त हुने आङ्कलन छ । काँग्रेसका पुन लुम्बिनी प्रदेशका पार्टी सभापति हुन् । रोल्पाका पुन बाँकेमा चुनाव लड्दै छन् । एमालेका मल्ल गत स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भई पराजित भएका थिए । सुनार दैलेखका हुन् ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ काँग्रेसले १९,८६७ मत, नेकपा एमाले १८,३४९ मत, नागरिक उन्मुक्ति पार्टीले ६,७६५ मत र रास्वपाले ६,४७३ मत प्राप्त गरेका थिए । जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै ६, खजुरा गाउँपालिका सबै ८ र बैजनाथ गाउँपालिकाका सबै ८ गरी २४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर–३ मा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला गरी कूल १ लाख १७ हजार ३५४ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय