Friday, November 20, 2026

कोहलपुर । नेपाल पूर्व प्रहरी संगठन कोहलपुर इकाईको दोस्रो साधारण सभाले चन्द्रशेखर वली क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।


आज सम्पन्न सभाबाट पूर्व प्रहरी वरिष्ठ नायव निरीक्षक वली क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा पूर्व प्रहरी वरिष्ठ नायव निरीक्षक ढुण्डीराज अधिकारी निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा अध्यक्ष र उपाध्यक्षसहित ११ जना रहेका छन्।


राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरी हाल कानुन संकायमा दोस्रो वर्ष अध्ययनरत अध्यक्ष वली क्षेत्रीले संगठनको हित र समाजसेवालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पूर्व प्रहरीहरूको हकहित संरक्षणसँगै सामाजिक सेवाका गतिविधिलाई प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए।