कोहलपुर बाँके। बाँके प्रहरीले सवारी दर्ता प्रमाणपत्र नभएका १० थान मोटरसाइकल, एक थान स्कुटर र एक थान गाडी (कार) बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जानकी गाउँपालिका–३ मा बस्ने २५ वर्षीय मुस्ताक अली शेखले सवारीसाधन चोरी गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न कम्पनीका १० थान मोटरसाइकल, एक थान स्कुटर र एक थान कार फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बरामद सवारीसाधन नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
(तस्बिर :प्रतिकात्मक)






