नेपालगन्ज । जय श्री कान्तिपुर यातायात प्रालिले नेपालगन्ज–काठमाडौं रुटमा आधुनिक सुविधासहितका तीनवटा ‘सिंहदरबार’ एसी बस सञ्चालनमा ल्याएको छ। यात्रालाई सहज, आरामदायी र सुविधासम्पन्न बनाउने उद्देश्यले करिब १ करोड २० लाख रुपैयाँ लगानी गरेको संस्थाका अध्यक्ष थमन रोकायले बताए ।
नयाँ बसमा यात्रुको सुविधालाई ध्यानमा राख्दै वातानुकूलित (एसी) प्रणाली, लग्जरी सोफा सिट, शौचालय, टेलिभिजन तथा सीसीटीभी क्यामेराजस्ता सुविधा उपलब्ध छन्। आधुनिक सुविधा सम्पन्न यी बसले लामो दूरीको यात्रालाई थप आरामदायी बनाउने उनको भनाइ छ ।

जय श्री कान्तिपुर यातायात प्रालिका यी बसले नेपालगन्जबाट काठमाडौं र काठमाडौंँबाट नेपालगन्जसम्म नियमित यातायात सेवा प्रदान गर्नेछन्।
लामो दूरीको यात्रामा यात्रुको सहजता, आराम र सुविधालाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएका ‘सिंहदरबार’ बसले नेपालगन्ज–काठमाडौं रुटको यातायात सेवालाई थप व्यवस्थित र आकर्षक बनाउने रोकायको भनाइ छ ।
आधुनिक सुविधा सम्पन्न, आरामदायी यात्रा र ठूलो लगानीसहित सञ्चालनमा आएका ‘सिंहदरबार’ बस नेपालगन्ज–काठमाडौं रुटका यात्रुका लागि नयाँ विकल्पका रुपमा सेवा प्रदान गर्ने सस्थाको दाबी छ ।







