Friday, November 20, 2026

 

कोहलपुर । बाँकेको खजुरा गाउँपालिका ७ सोनवर्षामा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  विष्णु वर्माको खाली घरको छतमा जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।


प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ५७ हजार ४ सय ९० रुपैयाँ, खोलेको तासको गड्डी एक थान र नखोलेको तासको गड्डी एक थान बरामद गरेको जनाएको छ।


पक्राउ परेका १२ जनालाई जुवासम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।