Friday, November 20, 2026

कोहलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेको एस मोडमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका सबै ६ जनाको सनाखत भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा बाँकेका बस चालक ३६ वर्षीय सुरेश बि.सी., जाजरकोटका ५० वर्षीय निर्जुङ खत्री, कोहलपुरका ३२ वर्षीय दीपेन्द्र के.सी. र ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाजुराका ६५ वर्षीय नरेन्द्रराज गिरी तथा नेपालगञ्जका २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको हो।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ४ बजे ब्रेक फेल भएर अनियन्त्रित भई सडकको नालामा पल्टिएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु, १० जना घाइते र २ जना सकुशल रहेका छन्।
घाइतेमध्ये नेपालगञ्ज १६, बाँकेका ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा पठाइएको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घाइतेहरूको विवरण र अवस्था :
१. अस्लाम भगवान, ४८ वर्ष  (गम्भीर)
२. हरिशरण थापा, ३० वर्ष  (मध्यम)
३. तेजेन्द्र प्रसाद भण्डारी, २८ वर्ष  (मध्यम)
४. आकृती थारु, २० वर्ष  (मध्यम)
५. पवन बुढा, ३२ वर्ष  (मध्यम)
६. अनोज खत्री, २९ वर्ष  (मध्यम)
७. लाल बहादुर कार्की, ३६ वर्ष  (मध्यम)
८. सञ्जय थारु, २८ वर्ष  (सामान्य)
९. प्रेम बम, २५ वर्ष  (सामान्य)
१०. अनिल बुढाथोकी, २१ वर्ष  (सामान्य)
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ