Friday, November 20, 2026

कोहलपुर । कक्षाकोठामासिकेका विषयलाई आफ्नै सिर्जना र प्रयोगमार्फत प्रस्तुत गर्दै कोहलपुर २ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा शैक्षिक प्रदर्शनी २०८३ सम्पन्न भएको छ।

शनिबार कक्षा केजीदेखि ३ सम्मका विद्यार्थीको सहभागितामा आयोजित प्रदर्शनीमा गणित, विज्ञान, सामाजिक अध्ययन तथा वातावरणसँग सम्बन्धित विभिन्न सिर्जनात्मक परियोजना तथा नमुना प्रस्तुत गरिएको थियो।

शिक्षकको मार्गदर्शनमा विद्यार्थीले आफैं तयार पारेका सामग्री र मोडलका बारेमा अभिभावक तथा आगन्तुकसमक्ष आत्मविश्वासका साथ प्रस्तुति दिएका थिए। प्रदर्शनीमा ६ सयभन्दा बढी विद्यार्थी र करिब एक हजार अभिभावकले अवलोकन गरेका विद्यालयले जनाएको छ। प्रदर्शनीले बालबालिकालाई पढेर मात्र होइन, गरेर सिक्ने, सोच्ने र सिर्जना गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ। कार्यक्रमको उद्घाटन अभिभावक शिक्षक संघका सदस्य डा. सुबास पाण्डे र अञ्जना पाण्डेले गरेका थिए।