बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

कोहलपुर नगरपालिका वडा नं. ११ स्थित क्रिकेट मैदान क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढेसँगै अब वडा नं. २ को आनन्दनगरस्थित प्लट नं. १८ मा बनेका संरचनाहरू पनि चर्चाको केन्द्रमा आएका छन् ।

वडा नं. २ कार्यालयले नगरपालिकालाई पत्राचार गर्दै उक्त जग्गा सार्वजनिक तथा स्थानीय सरकारको मातहतमा रहेको उल्लेख गरेको छ । साथै, त्यहाँ थप संरचना निर्माण नगर्न र भइरहेको अतिक्रमण रोक्न आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

वडा कार्यालयद्वारा पठाइएको पत्रमा जिल्ला समिति बाँकेको निर्णय, सर्वदलीय बैठकको निष्कर्ष तथा भूमि आयोगले माग गरेका विवरणसम्बन्धी प्रतिवेदनसमेत समावेश गरिएको छ । पत्रअनुसार उक्त क्षेत्र सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गा रहेको जनाइएको छ ।

यसअघि २०७९ सालमा बसेको सर्वदलीय बैठकले समेत उक्त सार्वजनिक जग्गामा अनधिकृत बसोबास तथा नयाँ संरचना निर्माण रोक्न निर्णय गरेको थियो । पटक–पटक सूचना जारी गर्दा पनि अतिक्रमण जारी रहेको वडा अध्यक्ष हरि कठायतको भनाइ छ ।

क्रिकेट मैदान क्षेत्रमा डोजर चलाएर संरचना हटाउने काम सुरु भएपछि अब आनन्दनगर क्षेत्रमा रहेका संरचनामाथि पनि नगरपालिकाले कदम चाल्ने हो कि भन्ने चासो बढेको छ । वर्षौंदेखि बसोबास गर्दै आएका केही परिवार विस्थापनको चिन्तामा छन् भने स्थानीय सरकार सार्वजनिक सम्पत्ति संरक्षण आफ्नो दायित्व भएको बताइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय