बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगन्ज वैशाख १५ — महिलाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुर नगरपालिका वडा नं. ५ मा उद्घोषण तथा पत्रकारिता सम्बन्धी चार दिने तालिम सुरु भएको छ ।

संचारिका समूह बाँकेको आयोजना तथा आर्थिक सहयोग कोहलपुर नगरपालिका वडा नं. ५ ले गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले स्थानीय सरकारले महिलाहरूको क्षमता विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।“महिलाहरू सक्षम भए मात्र समाज समृद्ध बन्छ उनले भने, यस्ता तालिमले नेतृत्व विकासमा टेवा पुर्‍याउँछ” ।


कार्यक्रममा अध्यक्ष दिपेन्द्र श्रेष्ठले महिलाहरूलाई सञ्चार क्षेत्रमा सक्रिय बनाउन यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताए । उनले भने, “महिलाहरूले आफ्नो आवाज सशक्त रूपमा उठाउन सक्ने वातावरण निर्माण गर्न सञ्चार सीपको विकास अनिवार्य छ ।


उक्त अवसरमा बोल्दै वडा नं. ५ का वडा सदस्य कृष्णा कुमारी बुढाले महिलाहरूलाई अवसरको सदुपयोग गर्न आग्रह गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै, वडा सदस्य सीता नेपालीले महिलाहरूको आत्मविश्वास वृद्धि गर्न सञ्चार सीप महत्वपूर्ण हुने बताइन्। उनले भनिन्, “उद्घोषण र पत्रकारिताले महिलाहरूलाई आफ्नो पहिचान बनाउन मद्दत गर्छ” ।

कार्यक्रममा सहकारी आमा समूह तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूले पनि महिलाहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्ने धारणा राखेका थिए ।

तालिममा सहभागी महिलाहरूलाई उद्घोषण कला, समाचार लेखन, सञ्चार सीप तथा पत्रकारिताका आधारभूत पक्षबारे प्रशिक्षण दिइनेछ । आयोजकका अनुसार यस तालिमले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै सञ्चार क्षेत्रमा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ । बैशाख १५ गतेदेखि सुरु भएको उक्त तालिम बैशाख १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय