बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

मगर समुदायको मौलिक भेषभूषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को अवसरमा सञ्चालन भइरहेको शुभकामना आदान–प्रदान मेला आज तेस्रो दिन विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।

तेस्रो दिनको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, लोक नृत्य तथा गीत–संगीतले मेलास्थललाई निकै जीवन्त बनाएको थियो। गोपाल नेपाल जि.एम. र जानकी तारामी मगरको विशेष प्रस्तुति दर्शकहरूको मुख्य आकर्षणका रूपमा रह्यो। उनीहरूले प्रस्तुत गरेका मौलिक सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई मनोरञ्जनसँगै आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण सिर्जना गरेको थियो।

मेलामा मगर समुदायको पहिचान झल्काउने पारम्परिक भेषभूषा, खानपान तथा झाँकीहरूको निरन्तर प्रदर्शन भइरहेको छ। यसले स्थानीयबासी मात्र नभई बाह्य क्षेत्रबाट आएका दर्शकहरूको समेत उल्लेख्य ध्यान आकर्षित गर्न सफल भएको छ।

आयोजकका अनुसार, यस मेलामार्फत मगर भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै नयाँ वर्ष २०८३ को अवसरमा आपसी सद्भाव र शुभकामना आदान प्रदान गर्ने उद्देश्य प्रभावकारी रूपमा पूरा हुँदै गएको छ।

यसैबीच, भोलि मेला अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ, किनकि चर्चित नेपाली अभिनेता पल शाहको आगमन हुने कार्यक्रम तय गरिएको छ। उनको उपस्थितिले दर्शकहरूको उत्साह झन् बढाउने र मेलाको रौनकलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय