मंगलबार 15 सेप्टेम्बर, 2026 | Tue, 15 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

वासिङ्टन, इजरायल र लेबनानले १९९३ यता पहिलोपटक प्रत्यक्ष कूटनीतिक वार्ता गरेका छन्। इरान समर्थित हिजबुल्लाह समूहसँगको लडाइँ अन्त्य गर्न लक्षित यो दुर्लभ भेटवार्ता अमेरिकाको मध्यस्थतामा भएको हो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस वार्तालाई “ऐतिहासिक अवसर” को संज्ञा दिएका छन्। उनले भने, “यो प्रक्रिया हो, समय लाग्नेछ तर हामी यो प्रयासको मूल्य मान्छौं। हिजबुल्लाहको प्रभाव घटाउने यो ऐतिहासिक भेला हो जसलाई हामी अझ अगाडि बढाउन चाहन्छौं।”

वार्तापछि जारी अमेरिकी विज्ञप्तिमा दुवै पक्षले प्रत्यक्ष वार्ता सुरु गर्ने सहमति जनाएका छन्। समय र स्थान भने तोकिएको छैन। इजरायलले सबै गैर-राज्य आतङ्ककारी समूह (हिजबुल्लाहलाई संकेत गर्दै) विघटन गर्नुपर्ने अडान राखेको छ भने लेबनानले युद्धविराम र देशको गम्भीर मानवीय संकट सम्बोधन गर्न ठोस कदम चाल्नुपर्ने माग गरेको छ।

दुई देशबीच कूटनीतिक सम्बन्ध छैन र सन् १९९३ पछिको यो पहिलो उच्चस्तरीय प्रत्यक्ष वार्ता हो।

मार्च २ देखि इजरायली सैन्य कारबाही सुरु भएयता लेबनानमा २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। एक मिलियनभन्दा बढी मानिस विस्थापित भएका छन्। वार्ताकै दिन हिजबुल्लाहले इजरायलमाथि कम्तीमा २४ वटा आक्रमण गरेको दाबी गरेको थियो भने उत्तरी इजरायलमा ड्रोन र रकेट अलर्ट बजिरहेको थियो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले भने, “दुवै पक्षले हिजबुल्लाहको प्रभाव घटाउनेतर्फ काम गर्ने सहमति जनाएका छन्।” अमेरिकाले इजरायलको आत्मरक्षा अधिकार लाई समर्थन गरेको पनि स्पष्ट पारेको छ।

लेबनानी राष्ट्रपति जोसेफ आउनले भने, “यो वार्ताले लेबनानी जनताको, विशेष गरी दक्षिणी क्षेत्रका जनताको दुःखको अन्त्यको सुरुवात होस् भन्ने आशा छ।” उनले लेबनानी सेनालाई मात्र क्षेत्रको सुरक्षा जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्। तर लेबनानी सरकारको हिजबुल्लाहसँग सामना गर्ने क्षमता सीमित छ।

हिजबुल्लाहका राजनीतिक परिषद् सदस्य वफिक सफाले भने, “वासिङ्टनमा जे सहमति भयो, हामी त्यसबाट बाँधिएका छैनौं,” भनेका छन्। १९८२ मा स्थापित यो समूह लेबनानको दक्षिणी क्षेत्र र बेरुतका शिया बहुल इलाकामा ठूलो प्रभाव राख्छ।

वार्ता अघि अमेरिका र इरानबीच पाकिस्तानमा भएको छुट्टै वार्तामा इरानी पक्षले लेबनानलाई युद्धविराममा समावेश गर्नुपर्ने अडान राखेको थियो, जसलाई अमेरिका र इजरायलले अस्वीकार गरेका थिए।

यो वार्ता एक महिनाअघि नै तय भएको अमेरिकी अधिकारीले बताएका छन्।
इजरायलले हिजबुल्लाहलाई विघटन र निशस्त्रीकरण गर्ने लक्ष्यका साथ लेबनानमा कारबाही गरिरहेको छ। यो समूह २०२३ र २०२४ मा गाजा युद्धका बेला पनि इजरायलसँग लडेको थियो।

यो वार्ताले मध्यपूर्व शान्ति प्रक्रियामा नयाँ मोड ल्याउने आशा गरिएको छ, यद्यपि हिजबुल्लाहको असहमतिले संगसगै चुनौती पनि थपिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय