बिहीबार 17 सेप्टेम्बर, 2026 | Thu, 17 Sep, 2026

के खोज्दै हुनुहुन्छ?

ताजा खबर
सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ सरकारी खरिदमा अब ‘स्वदेशी पहिलो’ नीति : नेपाली उत्पादन रोज्न प्रधानमन्त्री कार्यालयको आग्रह रास्वपा कोहलपुर नगर समिति द्वारा डिजिटल तालिम सम्पन्न । ९६ सवारी नियन्त्रण, ६ लाख राजश्व तर बाँकेका नदी किन अझै असुरक्षित ? पुष्पलालको विरासत : विभाजित आन्दोलनदेखि नयाँ एकताको आवश्यकता ४४औँ वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस कुमाख लेक : बादलमाथिको यात्रामा आस्था र प्रकृतिसँगको साक्षात्कार एकता नै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने आधार हो : दीपक जि.एम. राप्ती सोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, स्थानीय स्तरमै जग्गासम्बन्धी सेवा उपलब्ध कोहलपुरमा मदिरापछि दाजुभाइबीच विवाद : भाइको ढुङ्गा प्रहारबाट दाजुको मृत्यु, आरोपी पक्राउ यातायात कार्यालयमा मेडिकल रिपोर्टको नाममा रकम असुली, चिकित्सकसहित पाँच जना पक्राउ

कोहलपुर — कोहलपुर–१० चटारस्थित बागेश्वरी एकेडेमी विद्यालयमा अध्ययनरत कक्षा यूकेजी उत्तीर्ण विद्यार्थीहरूको आज एक समारोहबीच दीक्षान्त कार्यक्रम सम्पन्न गरिएको छ । यूकेजी तहको अध्ययन पूरा गरी कक्षा १ मा प्रवेश गरेका ८३ जना बालबालिकालाई औपचारिक रूपमा दीक्षित गरिएको हो।
साना बालबालिकाहरूको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिलाई सम्मान गर्दै आयोजना गरिएको उक्त कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष किशन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा डा। मनोहर मुराली गुप्ता उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, विशिष्ट अतिथिहरूमा विद्यालयका वेग बहादुर वली, सिटिएफ नेपाल कोहलपुरका सञ्चालक अशोक सुवेदी, समाजसेवी उर्मिला पाण्डे तथा कल्पना न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा मनोहर मुराली गुप्ताले प्रारम्भिक शिक्षाको महत्व औंल्याउँदै बालबालिकाहरूको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बालबालिकाको आधारभूत शिक्षा नै उनीहरूको भविष्य निर्माणको जग हो। प्रारम्भिक तहमा गरिने लगानीले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिन्छ। साथै उहाँले बागेश्वरि एकेडमी बिद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको प्रशंसा गर्नुभयो।

त्यसैगरी, दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष किशन गुरुङले विद्यालयले बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै बालबालिकाको क्षमता विकासलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले भन्नुभयो, हामी केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, बालबालिकाको व्यवहारिक, सिर्जनात्मक र नैतिक विकासमा पनि उत्तिकै जोड दिन्छौं। आजको दीक्षान्त समारोह त्यसैको प्रतिफल हो। साथै उहाँले बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिकालाई महत्वपूर्ण मान्दै विद्यालयले विश्वस्तरीय शैक्षिक वातावरणमा अध्यापन गराउने प्रयास गरिरहेको र घरमा पनि सोहीअनुसारको वातावरण सिर्जना गर्न अभिभावकहरूलाई आग्रह गर्नुभयो । साथै, उहाँले बालबालिकाको मस्तिष्क तीव्र रूपमा विकास हुने उमेर भएकाले मोबाइल तथा ग्याजेटबाट सकेसम्म टाढा राख्न र आफ्ना सन्तानलाई पर्याप्त समय दिन अभिभावकहरूलाई सुझाव दिनुभयो।

कार्यक्रममा बालबालिकाहरूले नृत्य, गीत, कविता वाचन लगायत विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गररेका थिए । उनीहरूको प्रस्तुति अभिभावक तथा अतिथिहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको थियो।

दीक्षान्त प्राप्त गरेका बालबालिकाहरूले यूकेजी तह सफलतापूर्वक पार गर्दै औपचारिक विद्यालय शिक्षाको अर्को चरणमा प्रवेश गरेका छन्। कार्यक्रमले बालबालिकामा नयाँ उत्साह, आत्मविश्वास तथा भविष्यप्रति सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय