२०२६ पौष १७, बिहिबार

ठेकीको स्वाद ग्राहकसम्म पुर्‍याउँदै एवान डेरी

  • खबर लिड्
  • २०८३ जेष्ठ १३, बुधबार १६:५८ गते

कोहलपुर ।  बाँकेको कोहलपुरमा सञ्चालित एवान डेरी का सञ्चालक सन्तोष पौडेल ले परम्परागत ठेकीमा बनाइने मोहीलाई ग्राहकसम्म पुर्‍याउने अभियान सुरु गरेका छन् ।
आधुनिक प्रविधिको प्रयोग बढ्दै गए पनि गाउँघरको मौलिक स्वाद जोगाउने उद्देश्यले ठेकीमा बनाइएको शुद्ध मोही उत्पादन तथा बिक्री वितरण गरिरहेको पौडेलले बताएका छन् । स्थानीय स्तरमै उत्पादन गरिएको दहीबाट परम्परागत शैलीमा तयार गरिने मोहीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उनले जानकारी दिए ।
गर्मी मौसममा शरीरलाई शीतलता दिने, पाचन प्रणालीलाई सहज बनाउने तथा स्वास्थ्यका लागि लाभदायक मानिने मोहीको माग पछिल्लो समय उल्लेख्य रूपमा बढेको एवान डेरीले जनाएको छ । डेरीले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै शुद्धता र स्वादमा विशेष ध्यान दिएको बताएको छ ।

Web |  + posts
ट्रेण्डिङ