२०२६ पौष १७, बिहिबार

निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्णय

  • खबर लिड्
  • २०८३ जेष्ठ १३, बुधबार १३:३२ गते

काठमाडौ । निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने निर्ण
सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका सेवामा कटौती गर्ने निर्णय गरेको छ । स्वास्थ्य बीमा बोर्डको जेठ ११ गते बसेको बैठकले निजी अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले बढ्दो वित्तीय संकटका कारण यस्तो निर्णय लिनुपरेको जनाएको छ । निर्णयअनुसार आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थामा बीमामार्फत पाइने नियमित उपचार सेवा बन्द हुनेछ भने आकस्मिक सेवा भने सञ्चालनमै रहने बताइएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ । सेवा प्रदायक अस्पताललाई अर्बौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको, दाबी रकम व्यवस्थापनमा समस्या देखिएको तथा कार्यक्रम सञ्चालनमै चुनौती थपिएको समाचारहरू सार्वजनिक हुँदै आएका छन् ।
यसअघि पनि विभिन्न निजी अस्पतालहरूले भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा सेवा बन्द गर्ने चेतावनी दिएका थिए । स्वास्थ्य क्षेत्रका जानकारहरूले निजी अस्पतालबाट सेवा हटाउँदा बीमित नागरिकको स्वास्थ्य सेवामा पहुँच थप प्रभावित हुन सक्ने बताएका छन् ।

Web |  + posts
ट्रेण्डिङ