
कोहलपुर । बाँकेको कोहलपुरस्थित ज्ञानाेदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको उपाध्यक्ष पदका उम्मेदवार निर्मल आचार्य तथा सचिव पदका उम्मेदवार रबिन्द्र प्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
उनीहरूसँग प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका सुरेन्द्र बहादुर थापा (उपाध्यक्ष) र हर्क बहादुर बुढथापा (सचिव) ले उम्मेदवारी फिर्ता लिएपछि आचार्य र सुवेदी निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत विष्णु प्रसाद बेल्बासेका अनुसार अन्य पदका लागि भने भोलि बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म पुस्तकालय परिसरमै मतदान हुने छ ।
निर्वाचनमार्फत एक अध्यक्ष, एक सह–सचिव, एक कोषाध्यक्ष, खुल्ला महिला दुइ सदस्य तथा खुल्ला तर्फ तीन सदस्य चयन गरिनेछ ।
अध्यक्ष पदका लागि सुष्मा शर्मा र एकराज शर्मा चुनावी मैदानमा छन् । कोषाध्यक्ष पदमा गीता देवी शर्मा र राजेन्द्र विष्टबीच प्रतिस्पर्धा हुने भएको छ भने सह–सचिव पदमा शर्मिला मल्ल र ईश्वर प्रसाद शर्मा उम्मेदवार बनेका छन् ।
महिला सदस्यतर्फ मीना कुमारी बि.सी., लक्ष्मी कुमारी पौडेल र हरिकला अधिकारी प्रतिस्पर्धामा छन् । खुल्ला सदस्यतर्फ वीरेन्द्र कुमार शाही, संगीन शर्मा, जिल्लेदार थारु, हेमराज बराल र दीपक कुमार राई चुनावी मैदानमा उत्रिएका छन् ।
पुस्तकालयको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनलाई कोहलपुरमा चासोका साथ हेरिएको छ ।